काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोल बस्ने ५३ बर्षीया हसनामाया शाक्यले शरिरमा मट्टितेल खन्याएर आत्महत्या गरेकी छिन्।
शनिबार घरको चौथो तलामा शाक्यले आफ्नो शरीरमा मट्टितेल खन्याई आगो लगाउदा जलेर गम्भीर घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। उनी अविवाहित र शारिरीक रुपमा कमजोर थिइन्। सोही कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।