- सरद राई,
काठमाडौँ । नेपाली फिल्म उद्योगका लागि यो वर्ष २०७४ नेपाली शुभ रह्यो । यो वर्ष नेपाली फिल्मले आफ्नो बजारलाई बिगतका दिनहरु झैँ फराकिलो बनाउँदै लग्यो । अबको केही दिनपछि हामी वर्ष २०७४लाई बिदाई गर्दैछौँ भने नयाँ वर्ष २०७५ लाई हर्ष उल्लासका साथ स्वागत गर्दैछौँ ।
नेपाली फिल्मको बजार बढ्दै जाँदा यो वर्ष केही नव नायिकाहरुले अभिनयमा आफ्नो भविष्य खोज्दै फिल्म क्षेत्रमा प्रवेश गरेका छन् । जसमध्ये केही नायिकालाई डेब्यू फाप्यो भने केही नायिकाको डेब्यू सामान्य रह्यो । आज हामीले तिनै डेब्यु नायिकाहरुको बारेमा चर्चा गर्दैछौं ।
१. दीपिका प्रसाँईः
यो वर्ष अभिनेत्री दीपिका प्रसाँईको लुक्स र अभिनय दुवै हिसाबले परफेक्ट अभिनेत्रीको रुपमा भित्रिईन् । दिवाकर भट्टराईको निर्देशन बनेको फिल्म ‘ऐश्वर्य’बाट दीपिकाले यो वष नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । फिल्ममा दीपिका मुख्य ‘ऐश्वर्य’ कै भूमिकामा थिइन् ।
फिल्ममा विकिनी गर्लको रुपमा प्रस्तुत भएकी उनले विकिनी बडीका कारण पनि खुबै चर्चा पाइन् । उनको अभिनयको तारिफ पनि त्यतिकै भएको थियो ।
‘ऐश्वर्य’ पछि दीपिकाले अन्य कुनै फिल्ममा आउँदै गरेको समाचारमा आएको छैन ।
२.अदिती बुढाथोकीः
अदिती बुढाथोकी डेब्यू गरेर सर्वाधिक चर्चामा आउन सफल अभिनेत्री हुन् । अदितीले फिल्ममा अनुबन्धित भएदेखि नै आफ्नो सुन्दरताका कारण चर्चामा रहँदै आईन् ।
अभिनेत्री अदितीले सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण तथा सुरेन्द्र पौडेलको निर्देशन बनेको फिल्म ‘कृ’बाटे डेब्यू गरेकी हुन् ।
फिल्म ‘कृ’ को प्रचार–पसारको क्रममा नेपाल आएकी अदिती अहिले भने फेरि मुम्बईमै छन् । अहिले उनी भारतीय विज्ञापन, म्यूजिक भिडियो र फोटो शुटहरुमा व्यस्त छन् ।
अदितीलाई फिल्मकर्मी तथा दर्शकले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिएका छन् ।
३. मिरुना मगरः
फिल्म ‘लालपूर्जा’ मार्फत अभिनेत्री मिरुना मगरले नेपाली फिल्म उद्योगमा डेब्यू गरिन् । मिरुनालाई पहिलो फिल्मले राम्रो अभिनय गर्ने अभिनेत्रीको रुपमा स्थापित ग¥यो ।
अभिनेत्री मिरुनाले थियटरमा नाटक गर्दै गर्दा फिल्ममा प्रवेश गरेकी हुन् । उनी १३ वर्षसम्म धरानमा बसेकी हुन् भने अहिले उनी परिवारसँग बेलायतमा बस्दै आएकी छन् । अभिनेत्री मिरुना अभिनित फिल्म ‘लालपूर्जा’ले औषत कारोवार गरेको थियो ।
४. अश्लेषा ठकुरीः
आशुसेन फिल्स मार्फत अभिनेत्री अश्लेषा ठकुरीले नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेकी हुन् । उनले रामशरण पाठकको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत २’ बाट डेब्यू गरेकी हुन् ।
फिल्म ‘प्रेमगीत २’ र फिल्मका लीड अभिनेता प्रदीप खड्काको तारिफ टनाटन भयो तर अभिनेत्री अश्लेषाको भने खासै चर्चा हुन सकेन । साउनमा रिलिजमा आएको यो फिल्मपछि अभिनेत्री अश्लेषा अहिले गुमनाम छन् ।
५.सारा सिर्पाइलीः
‘रुद्र’फिल्मबाट अभिनेत्री सारा सिर्पाइलीले यसै वर्ष फिल्ममा डेब्यू गरेकी हुन् । यो फिल्मलाई रामजी लामिछानेको निर्देशन गरेका हुन् । अभिनेत्री साराको पहिलो फिल्मबाटै अभिनयको तारिफ भयो ।
त्यस्तै अभिनेता निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’ मा अभिनेत्री साराले काम गर्ने अवसर पाइन् । साराको पहिलो फिल्मको तुलनामा यो सिनेमा कारोबारमा सफल रह्यो ।
ऋहिले उनी निर्देशक सुब्रतराज आचार्यको फिल्म ‘सुश्री सम्पत्ति’ मा काम गर्ने अवसर पनि पाईन् । अहिले ‘सुश्री सम्पत्ति’ फिल्मको छायांकन पनि सकिएको छ ।
६. सुप्रिया कटुवालः
अभिनेत्री सुप्रिया कटुवालले साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्म ‘साँढे सात’ बाट डेब्यू गरेकी हुन् । सुप्रियालाई खासै डेब्यू फापेन । यो फिल्मलाई खासै दर्शकहरुले रुचाएनन् भने सुप्रियाको डेब्यू पनि ओझेलमा पर्यो ।
७. जसिता गुरुङः
यसै वर्ष अभिनेत्री जसिता गुरुङले पनि फिल्ममा ब्रेक लिँदै छन् । जसिताको डेब्यु फिल्म ‘लिलिबिली’ यही चैत ३० गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने अभिनेत्री जसिताको अपोजिटमा अभिनेत्री प्रदीप खड्का रहेका छन् ।
अब अभिनेत्री जसिताले डेब्यु कतिको फाप्ला भन्ने कुरा चाँही अर्को वर्ष कुनु पर्ने भएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।