काठमाडौं। हाँस्यव्यांग्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र पत्नी सितादेवी तिमल्सिनाले एक विद्यालयलाई नगद सहयोग गरेका छन ।
कर्णालीमा नेपालकै नमुना निःशुल्क आवासिय बिद्यालय संचालनको लागि घिमिरे दम्पत्तीले ७५ हजार सहयोग गरिएका हुन् । कालीकोटस्थित राशकोट नगरपालिकाको सिफ्टी बिशालीमा निःशुल्क आवासिय बिद्यालय संचालनको सहयोगार्थ घिमिरे दम्पत्तीले कर्णाली फाउन्डेसनका अध्यक्ष तिलक प्रसाद उपाध्यायलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
आवासिय बिद्यालयको साथमा अध्ययन तथा अनुसन्धान केन्द्र, धार्मिक पर्यटनको लागि नेपालकै ठुलो शिव मन्दिरको निर्माण, प्राविधिक शिलालय लगायतका अन्य संरचनाहरु पनि सहयोग रकमले निर्माण गरिने फाउन्डेसनका सदस्य लिलाराज बरालले बताए ।
हाँस्य प्रस्तुतीका लागि कर्णाली फाउन्डेसनकै कार्यक्रममा पुगेका केदार र सिताले विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।