प्रधानमन्त्रीकाे भारत भ्रमणले धेरै भ्रम चिरेकाे छ : परराष्ट्रमन्त्री
नयाँ पत्रिका काठमाडाैं, २८ चैत | ०१ मिनेट अगाडि
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणले धेरै भ्रमहरू चिर्ने काम गरेकाे बताएका छन् ।
नयाँ पत्रिकाकाे न्युजरूममा जारी छलफलमा परराष्ट्रमन्त्री ज्ञवाली लामाे समयदेखि दुर्इ देशकाबीचमा रहेका कयाैँ भ्रमहरू प्रधानमन्त्री अाेलीकाे भ्रमणले अन्त्य गरेकाे बताएका हुन् ।
नेपाल पूर्णरूपमा भारतमा अात्मनिर्भर रहेकाे, नेपाल र भारतबीच समानताकाे सम्बन्ध नरहेकाे जस्ता विषयलार्इ यसपटककाे भ्रमणले चिरेकाे उनले स्पष्ट पारे ।
‘प्रधानमन्त्री केपी शर्मा अाेलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भएका दुर्इवटै छलफलमा स्पष्ट रूपमा कुराहरू राख्नुभएकाे छ,’ मन्त्री ज्ञवालीले भने, ‘यसपछि दुर्इ देशकाबीचमा रहेका लामाे समयदेखिका भ्रम चिर्न सफल भएकाे छ ।’
प्रधानमन्त्री केपी शर्मा अाेलीकाे हालै सम्पन्न भारत भ्रमणका उपलब्धिका सम्बन्धमा जारी छलफल नयाँ पत्रिकाकाे फेसबुक पेज https://facebook.com/nayapatrikaofficial मा प्रत्यक्ष प्रसारण भइरहेकाे छ ।
छलफलमा सहभागी हुन चाहने दर्शक स्राेताले लाइभकाे कमेन्ट बक्समा जिज्ञासा पठाउन सक्नुहुनेछ ।
प्रधानमन्त्रीको भारत भ्रमण लगाएत समसामयिक विषयमा कुरा गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली नयाँ पत्रिका न्यजरुमबाट LIVE
Posted by Naya Patrika on Wednesday, April 11, 2018
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।