निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा विवरण अद्यावधिक गर्ने भएको छ । बिहिबार आयोगले प्रेस विज्ञप्तिमार्फत २०७५ साल बैशाख २ गतेदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गरिने छ ।
प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा चैत्र २८ गते बसेको आयोगको बैठकले सो निर्णय गर्दै मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सबैलाइ आग्रह गरिएको प्रवक्ता शर्माले बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।