टंक सुनार
रुपन्देही, असार १३ । प्रतिवन्धित लागुऔषध डाइजेपाम सहित सोमबार दुई युवालाई देवदह प्रहरीले पक्राउ गरेको छ । सुराकीको आधारमा रुपन्देहीको देवदह खैरेनीबाट ति युवाहरुलाई पक्राउ गरीएको प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो । पक्राउ पर्नेमा सुक्लागण्डकी नगरपालिका दुलेगौडा तनहुँका २२ बर्षिय अनिल रीमाल र पोखरा लेखनाथ महानगरपालिका नयाँबजारका २४ बर्षिय करण आले रहेका छन ।
उनिहरुको साथबाट ६ वटा सिरीञ्ज, ४८ सेट डाइजेपाम,एम्पल र फेरेनागन बरामद गरीएको प्रहरीले बताएको छ । उनिहरुलाई सोमबार नै इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ । प्रतिवन्धित लागुऔषध ओसारपसार गर्ने ठुलो गिरोह नै सक्रिय रहेको प्रहरीको भनाई छ । बरामद गरीएको लागुऔषधको बजार मुल्य ७२ हजार रुपैयाँ पर्छ ।