एजेन्सी । काठमाडौं । कालो हरिण मारेको अभियोगमा ५ वर्ष जेल सजाय सुनाइए पनि बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । तर उनको नाम आपराधिक सूचीमा राखीएको छ ।
भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल व्युरोले अपराधीहरूको सूचीमा सलमानको नाम पनि राखेको हो ।
यो लिष्टमा ३९ जना अपराधी रहेका छन् । लिष्टको सबैभन्दा पुछारमा सलमानको नाम छ । यो व्युरोको लिष्टमा हरिणदेखि बाघको शिकार गर्नेहरूको नाम छ ।
राजस्थानको जोधपुर कोर्टले ५ अप्रिलमा सलमानलाई दोषी ठहर गरेको थियो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।