आषाढ १७ दाङ । नेपाली कांग्रेस दाङको एउटा गाउँपालिका निर्वाचित भएको छ । राजपुर गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष बिजयी भएका हुन् । २ हजार ३ सय ९५ मत सहित अध्यक्षमा लोकराज केसी निर्वाचित भएका छन् भने २ हजार २ सय ७३ मत सहित उपाध्यक्षमा धनपती यादव निर्वाचित भईन् । उनिहरुका प्रतिष्पर्धि अध्यक्षका माओवादी उम्मेदवार रामवहादुर झाँक्रीले १ हजार ८ सय ५८ र उपाध्यक्षमा पुष्पा यादवले १ हजार ८ सय ४९ मत प्राप्त गरे । यसअघि बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र बिजयी भैसकेको छ ।
यस्तै अहिले मतगणना भैरहेका ८ तह मध्य दुई उपमहानगर सहित एमालेले चार तहमा अग्रता लिएको छ । एक नगरपालिका सहित कांग्रेसले ४ तहमा र माओवादी केन्द्रको अग्रता शुन्य छ ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ८ हजार ३ सय २९ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका भुपवहादुर डाँगीको मत ६ हजार ४सय २० छ । माओवादीका जीवन गौतम ४हजार ९ सय ८७ मतका साथ तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा एमालेका सीता न्यौपानेले ७ हजार ८ सय ६९ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी पुष्पा श्रेष्ठ ६ हजार ५सय ७१ मतका साथ दोस्रो र माओवादी केन्द्र की सीता चौधरी ४हजार ३ सय १५ मतका साथ तेस्रो स्थानमा छिन् । त्यसैगरी ८ हजार ३ सय १ मत गणनाहुँदा तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेले ३ हजार ६ सय ८४ मतका साथ अग्रता कायमै राखेका छन् । तुलसीपुरमा ३ हजार २०० सय मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले ८ सय ५४ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी मायाँ आचार्यले ३ हजार ४ सय १० मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् भने कांग्रेसका देबीका नेपालीले ३ हजार २ सय १ र माओवादीकी सीता ओलीले ८ सय ८४ मत प्राप्त गरेकी छन् ।
उता लमही नगरपालिकामा भने कांग्रेसले अग्रता कायमै राखेको छ । मेयरमा कांग्रेसका जोगराज चौधरीले ८ सय ९० मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका मेयर उम्मेदवार कुलवहादुर केसी ७ सय १६ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका द्रोपदा पौडेलले ५ सय १२ मत ल्याएकी छन् । यस्तै उपमेयरमा कांग्रेसकी देबका बेलबासेले ९ सय २६ मतका साथ अग्रता लिएकी छन् भने उपमेयरमा एमालेकी मिना गुरुङ ६ सय ७६ मतका साथ दोस्रो स्थानमा र माओवादीका कालुराम चौधरीले ५ सय २९ मत पाएका छन् ।
यसैगरि अहिले मतगणना भैरहेका ५ गाउँपालिका एमालेले गढवा र दंगीशरणमा अग्रता लिएको छ भने कांग्रेसले शान्तिनगर,बबई र राप्ती गाउँपालिकामा अग्रता लिएको छ । घोराही उपमहानगरपालिकामा पाँच ६ र३ नम्बर वडामा नेपाली काङग्रेसले जित हात पारेको छ त्यस्तै १ ,२ ,४ र १९ वडा नेकपा एमालेले बिजयी हासील गरेको छ । मतगणना अहिले पनि जारी छ ।