काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको वैशाख १३ गते विवाह हुँदैछ । उहाँले प्रेमी प्रवीण श्रेष्ठसँग जनवादी विवाह गर्न लाग्नु भएको पारीवारिक स्रोतले बताएको छ ।
अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नविना र प्रविणबीचको विवाहको आयोजक हुने निर्णय गरेको छ । विवाह आर्मी अफिसर्स क्लबमा हुनेछ । विवाहमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।
उहाँहरुबीच गएको फागुनमा नै विवाह हुने तयारी थियो, तर आफन्तको निधन भएकाले विवाह ३ महिनापछि धकेलिएको हो ।अनेरास्ववियुको अध्यक्ष हुँदै लगन गाँठो कस्ने नवीना दोस्री नेतृ हुनुहुने छ । यसअघि रामकुमारी झाक्रीले अनेरास्ववियुको अध्यक्ष हुँदै विवाह गर्नुभएको थियो ।
नवीना अहिले एमालेबाट सांसद हुनुहुन्छ । तर उहाँसँग लगन गाँठो कस्न लागेका प्रवीण भने राजनीतिबाट टाढिनु भएको छ । प्रवीण अहिले व्यापार व्यवसायमा सक्रिय हुनुहुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।