नयाँ दिल्ली । दक्षिण कोरियाली चलचित्र ओट टु माइ फादरमा आधारित चलचित्र ‘भारत’मा सलमान खान र प्रियंका चोपडा १० वर्षपछि एक साथ देखिने भएका छन् ।हालै कृष्णसार शिकार प्रकरणमा जेल सजाय भोगेर सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्।
‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरेपछि एक साथै स्क्रीनमा नदेखिएका सलमान खान र अभिनेत्री प्रियंका चोपडा निर्देशक अलि अब्बस जफरले निर्देशन गर्ने चलचित्र भारतमा १० वर्ष पछि सँगै देखिने भएका छन्।
सुटिङ शुरु हुनु पूर्व कट्रीनालाई फिल्ममा लिईने खवर आएपनि पछि प्रियंकालाइ लिइएको हो। ‘भारत’१८० करोडकाे बजेटमा निर्माण हुँदै छ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।