काठमाडौं । संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले व्यवसाय संकूचित हुनेगरी सूचना प्रविधि ऐन नआउने स्पष्ट पार्नु भएको छ ।
राज्यमन्त्री बास्कोटाले व्यवसायलाई सरल, सहज र व्यवस्थित बनाउने गरी सूचना प्रविधि ऐन ल्याउन लागिएको बताउनु भएको हो । उहाँले राष्ट्रिय सुरक्षालाई मूल आधार बनाएर सरकारले सूचना प्रविधि ऐन ल्याउन लागेको पनि उल्लेख गर्नुभयो । मंगलबार सरकारद्धारा प्रस्तावित सूचना प्रविधि ऐनसम्बन्धि मंगलबार सरोकारवालाहरुसँग छलफल गर्दै राज्यमन्त्री बास्कोटाले ऐन व्यक्तिको अधिकारलाई हनन हुन नदिने गरी ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
राज्यमन्त्री बास्कोटाले ऐनले सूचना प्रविधिको क्षेत्रमा गरिएको राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीलाई पारदर्शी बनाउने दावी पनि गर्नुभयो । ऐनमा सबैको अपनत्व कायम गर्न सरोकारवालाहरुसँग पनि छलफल गरिएको राज्यमन्त्री बास्कोटाको भनाई थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।