एजेन्सी। अदालतले बलिउड अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अनुमति दिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो ।
कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएक थिए । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका हुन् । मंगलबार जोधपुर अदालतले उनको निवेदनमाथि सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।
आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउादो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिादैछन् । उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा स्थगित भएको थियो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।