नेपाली टेलिभिजनमा निकै लोकप्रियता कमाएको हास्य टेलिफिल्म ‘भद्रगोल’ युट्युबमा पनि निकै लोकप्रिय छ । नेपाल टेलिभिजनको पर्दामा प्रसारण पछि युट्युबमा सार्बजनिक हुने भद्रगोलको हरेक एपिसोडलाई २४ घण्टामै लाखौ पटक हेरिन्छ । यतिमात्र हैन हरेक एपिसोड ट्रेन्डिङमा पनि परिरहेको हुन्छ ।
विशेषगरि युट्युब नेपाल ट्रेन्डिङमा फिल्म सम्वन्धी सामाग्रीहरुले स्थान पाईरहेको हुन्छ । जस्लाई जित्न अन्य बिधाका भिडियोहरुले निकै हम्मे हम्मे पर्छ ।
अप्रिल १४ मा युट्युबबाट सार्बजनिक भएको १६७ शृङ्खलाले १० लाख ९२ हजार बढी भ्युज पाएको छ भने २ हजार बढी सकारात्मक र रमाईलो प्रतिक्रिया बटुलेको छ । पाडे, जिग्री, बले, बाङे बा, कक्रोज लगायतका क्यारेक्टरहरु आम दर्शकले ‘भद्रगोल’ मा निकै रुचाएका छन् ।