काठमाडौँ । झापा दमकका निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन् । उनका प्रतिभाबाट युट्युब लगाएतका मिडियाहरुले मज्जाले भिवरस तान्न सफल हुनकाे साथै उनलाई एक एक चर्चामा ल्याएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका अशोक दर्जी बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई सबैमाज पु¥याउनको लागि पछि लागेका छन् । अन्तर्वार्तामा उनले आफ्नो प्रतिभापनि देखाउदै आएका छन् ।
दर्जीको भिडियो युट्युबमा सय भन्दा बढि अप्लोड भएका छन् । उक्त भिडियोहरुमा लाइक सस्क्राइबकाे अाेइरा लागेका छन् उनी रात रात चर्चामा पुग्न सफल भएका छन् । पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएको हो । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइएका छन् । उनी स्कुल पनि जान थालिसकेको छ।
दर्जीले आफ्नो पहिलो गीत नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका छन्। “मन बिनाको धन ठुलो कि धन बिना को मन “बोलको गीत काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा दर्जीको पहिलो रेकर्डिङ्ग गराएका छन्।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।