एजेन्सी । बलिउडमा जब कुनै नायिकाले बिहे गर्न आँट्छिन् उनलाई सोधिने पहिलो प्रश्न हुन्छ, ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’
नायिका सोनम कपुर अर्को महिना आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाँठो कस्दैछिन् । र, अहिले उनलाई पनि यही प्रश्न सोध्न थालिएको छ ।
हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ रु नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’
सोनमको यस्तो जवाफबाट पत्रकारहरु अवाक् बनेका थिए ।
उक्त पत्रकार सम्मेलनमा सोनमले सन्तान जन्माएलगत्तै फिल्ममा फर्केकी करिना कपुरको प्रशंसा गरिन् । करिनाले इन्डष्ट्रीमा उदाहरण बसालेको उनको भनाई थियो ।
‘करिना मेरो राम्रो साथी पनि हुन्, उनीसँग काम गर्दा खुबै मजा आयो,’ सोनमले भनिन् । करिनाले पनि फिल्ममा खुब इन्जोई गरेको उनको भनाई थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।