मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’बाट उदाएकी नायिका जसिता गुरूङको हातबाट दिपकराज तथा दिपा श्रीको बन्दै गरेको फिल्म ‘छक्का पञ्जा ३’गुमेको खवर छ ।निर्देशक मिलन चाम्सले लण्डनमा आयोजीत एक नृत्य प्रतियोगितामा जसितालाइ देखेर ‘लिलिबिली’फिल्मका लागि राजेका थिए । जानकारी अनुसार यतीखेर मिलन र जसिताबीच पानी बाराबारको अवस्था आएको छ ।जसिता यतीखेर ‘लिलिबिली’को प्रदर्शन पश्चात लण्डनमै छिन् केहि दिन अघि जव निर्देशक मिलनले जसितालाई फोन गरे उनले फोन उठाईनन् जससँगै उनको हातबाट फिल्म ‘छक्का पञ्जा ३’ को अफर गुमेको बुझिएको छ ।
चाम्सका अनुसार लिलिबिली’को रिलिजलगत्तै फिल्मका लागि दिपक दीपाले जसितालाई लिन खोजेको तर मिलनको फोन नउठाएपछि उनको हातबाट यो फिल्म गुमेको हो । दीपाले मिलनलाई ‘छक्का पञ्जा ३’ का लागि कुरा गर्न भनेको तर मिलनको फोन नै जसिताले नउठाएपछि फिल्मको अफर दिपिका प्रसाईलाई गएको बताईएको छ ।
बताईएअनुसार यदि जसिताले फोन नउठाएकै हुन् भने यो उनको लागि घाटा हो ।ब्लकबस्टर हिट दिन सफल छक्कापञ्जा टिमसँगको सहकार्य पक्कै जसिताको करीयरलाई माथी लैजान सहयोग सिद्ध हुने थियो कि भन्नेमा दुईमत छैने ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।