काठमाडौँ ।
लियोनल मेसीको प्रेरणादायक जितपछि बार्सिलोनाले यस सिजनको स्पेनी ला लिगाको उपाधि हासिल गरेको छ ।
आईतबार राति डिपोर्टिभो ला कोरुनालाई ४–२ गोलअन्तरले हराएपछि बार्सिलोनाको उपाधि पक्का भएको हो । ४ खेल खेल्न बाँकी राखी ला लिगा च्याम्पियन बनेको टोलीको जितमा मेसीले ह्याट्रिक गरेका थिए । अर्नेस्टो भाल्भेर्डेको यो मेनेजरको रुपमा पहिलो उपाधि पनि हो । उनको यो पहिलो सिजन समेत थियो । अंकतालिकामा बार्सिलोनाभन्दा दोस्रो स्थानको एट्लेटिको मेड्रिड ११ अंकले पछि रहेको छ । डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र एटलेटिकोबीच दोस्रो स्थानको लागि संघर्ष हुनेछ ।
फिलिप काउटीन्हो र मेसीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रतामा राखेका थिए । तर डिपोरले संघर्ष गर्दै खेल २–२ गोल बराबरीमा पु¥याएको थियो । टोलीका लागि लुकास पेरेज र एम्रे कोलाकले गोल गरेका थिए । त्यसपछि मेसीले निर्र्धारित समय सकिन १० मिनेट बाँकी हुँदा दुई गोल थपेर बार्सिलोनालाई २५ औं ला लिगा उपाधि दिलाए । साथै मेसीले करियरको ४६ औं ह्याट्रिक पनि पुरा गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।