विराटनगर । एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।
सभामा नेपाल ट्रेड युनियन काँग्रेस १ नं प्रदेशका सचिव सुुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा बोलेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।