काठमाडौँ । नेपाल प्रहरीका प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल राजीनामा दिने तयारीमा भएको स्रोत बताउँछ ।
निवर्तमान आइजिपी प्रकाश अर्याल अवकाश नहुँदै उनैबाट दुई साताको बिदा स्वीकृत गराएका डा. पोखरेल पुनः बिदा थप्ने या राजीनामा दिने दोधारमा रहेको समेत उनीनिकट स्रोत बताउँछ ।
डा. पोखरेल प्रकाश अर्याल आइजिपी हुनुपूर्व ३ महिना नेपाल प्रहरीको निमित्त संगठन प्रमुखका रूपमा कार्यरत थिए । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि उत्पन्न अदालती मुद्दा प्रक्रियामा लामो समय अल्झिएका बेला पोखरेल निमित्त प्रहरी प्रमुखका रूपमा कार्यरत थिए ।
पोखरेलको त्यो समयमा हालका आइजिपी सर्वेन्द्र खनाल एसएसपी दर्जामा सचिवालयमा नै कार्यरत थिए । धेरै जुनियर खनाल आइजिपी भएपछि पोखरेल असजिलो महसुस गरी बिदा बसेका हुन् । दुई साताको बिदा सकिएलगत्तै उनी थप बिदा लिने र त्यसपछि राजीनामा दिने तयारीमा रहेको समेत समाचारस्रोत बताउँछ ।
आगामी असोज २२ गते डाक्टर पोखरेल अनिवार्य अवकाशमा पर्दैछन् । त्यसैले पनि उनी लामो समय बिदा लिएर बस्नुभन्दा भएको बिदा कटौली भइन्जेल बिदामा बसी राजीनामा दिने सोचमा रहेको थाहा भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।