काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालका विश्वासपात्र घुमुवाका रूपमा चिनिएका हवल्दार हरेन्द्र ठाकुरको आतंक अझै रोकिएको छैन । अर्यालले हेटौँडामा डिआइजीका रूपमा कार्यरत रहँदा पनि घुमुवाका रूपमा यिनै हवल्दार ठाकुरलाई परिचालन गरेका थिए ।
ठाकुरले तराई जिल्लाका घुमुवा र चौकीका प्रमुखहरूसँग खुलेआम रकम असुल्ने गर्दथे । हटौँडामा घुमुवा रहँदा नै बदनामी कमाएका तिनै ठाकुरलाई आइजी भएसँगै उनले सचिवालयको घुमुवा टोलीमा सहभागी गराएका थिए । विशेष गरेर सप्तरीदेखि कपिलवस्तुसम्मका तराई जिल्लामा परिचालित घुमुवाहरूबाट रकम उठाउने, नदिने घुमुवाहरूविरुद्ध सचिवालयमा उजुरी हाल्न लगाई छानविनका लागि केन्द्रमा बोलाउने र गणमा थन्काउने अनि कारवाहीसम्म गराउने सम्मका काम हवल्दार हरेन्द्र ठाकुरले गर्दै आएका थिए । उनको यो काममा अर्का हवल्दार दिनेश यादवको पनि मिलिमतो थियो ।
उनीहरू एकै समूह घुमुवाका रूपमा परिचालित थिए । अहिले विशेष व्यूरोमा कार्यरत रहेको देखिए पनि हवल्दार हरेन्द्र ठाकुरको उठन्ती धन्दा रोकिएको छैन । बारा, पर्सा, सर्लाही, धनुषा, रौतहटका घुमुवाहरूसँग उनको राम्रो सम्पर्क रहेको र तिनीहरूमार्फत् नै रकम असुल्ने गर्दछन् । यसबाहेक सीमा क्षेत्रका प्रहरी चौकीदेखि इप्रकाका घुमुवाहरूबाट समेत ठाकुर र यादवले अहिलेसम्म पनि विभिन्न बहानामा रकम माग्दै आएका छन् । हालका आइजिपी सर्वेन्द्र खनालले निज ठाकुर र यादवलाई मुख्यालयबाट नलखेट्ने हो भने उनीहरूले प्रहरी प्रमुखको नै बदनाम गराइरहने छन् । यसतर्फ समयमा नै खनालले ध्यान दिनु जरुरी छ ।
– ठाकुर र यादवबाट पीडितहरू, वीरगञ्ज
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।