यमलाल भुसाल, बुटवल ।
रुपन्देही सम्र्पक समिति दक्षिण कोरीयाले बुटवलमा रहेको सुस्त मनस्थिती वाल विद्या मन्दिरलाई सहयोग प्रदान गरेको छ ।
कोरियामा रोजगारीका लागि गएका नेपालीहरुवाट संकलित रकमवाट वाल विद्या मन्दिरलाई आवश्यक पर्ने दुई थान कम्प्युटर र दुई थान लार्ईबेरीको दराज सहयोग गरेको समितिका पूर्व अध्यक्ष रमेश वस्यालले बताउनु भयो ।
विद्यालयका अध्यक्ष लोकनाथ भुसाललाई समितिले प्रदान गरेका सामाग्रिरी हस्तान्त्ररण गरिएको हो ।
कुल ६२ हजार वरावरको सामान प्रदान गरिएको समितिका निर्वमान अध्यक्ष हरि गौतमले बताउनु भयो ।
सम्र्पक समितिले मानविय काम गर्ने हेतुले सुस्त मनस्थिती वाल विद्या मन्दिरलाई रोजेको र आगामी दिनमा लुम्बिनी अंचल अस्पताललाई केही सामाग्री प्रदान गर्ने तयारी गरेकोसमितिका पूर्व सचिव बेशाव गौतमले बताउनु भयो ।
सोअवसरमा विद्यालयका अध्यक्ष लोकनाथ भुसालले सुस्त मनस्थिती भएका वालवालिकाहरु राज्य र परिवारवाट समेत अपहेलित हुनु परेको धारणा राख्दै विद्यालयलाई आर्थिक अभाव रहेकाले सरकारले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार खिमानन्द भट्रराईले रोजगारीमा गएका व्यक्तिले संकलन गरेको रकमवाट प्रदान गरिएको सामाग्रीको विद्यार्थीहरुलाई भरीपूर्ण सदुपयोग गराउनु आह्वान गर्नु भयो । सो विद्यालयमा ४५ जना सुस्त मनस्थिती भएका वालवालिकाले अध्ययन गर्ने गरेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।