अभिनेत्री मनिषा कोईराला भारतको प्रतिष्ठीत चलचित्र पुरस्कार “दादा साहेब फाल्के अवार्ड २०१८” बाट सम्मानित भएकी छिन् ।भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई दिइने दादा साहेब फाल्के अवार्ड भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कारमध्ये पर्छ।
मनिषा कोइरालाले भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप उनलाई मस्ट भर्सटाइल एक्ट्रेस विधामा उक्त पुरस्कार दिइएको हो।

Manisha Koirala at the Red Carpet Of 16th Dada Saheb Phalke Film Foundation Awards on 29th April 2018 shown to user
मुम्बईमा आइतबार राति आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । अवार्ड लिएपछि अभिनेत्री मनिषाले आफू गौरवान्वित भएको बताएकी छिन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।