काठमाडौं । गत वैशाख ३ गते भारतीय राजदुतावासको बिराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरि बम विस्फोटमा संलग्न रहेको आरोपमा सागर भनिने सुरेश कुमार राई दिल्लीबाट पक्राउ परेका छन् । विस्फोटले उक्त कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको थियो । विस्फोट पछि प्रहरीले सो विस्फोट बिप्लव समुहले गराएको हुने आशंका गरेपनि भारतीय पत्रिकाहरुले यसलाई ठुलै समाचार बनाएका थिए ।
गत वैशाख १६ मा अरुण तेश्रो जलविद्युत्को कार्यालय नजिक भएको विस्फोट लगत्तै दुवै घटनामा नेपालमा प्रभाव बढाइरहेको पाकिस्तानी जासुसी एजेन्सी (आईएसआई) को हात हुन सक्ने भन्दै भारतको फस्र्ट पोष्ट अनलाइन पोर्टलले लेख छापेको थियो । विस्फोटमा संलग्न अन्य नेपालमै पक्राउ परेपनि राई भारत गइ लुकेर बसेका थिए । ६० वर्षिय राईलाई कलकत्ताको पुलिसको स्पेशल टास्क फोर्सले दिल्लीबाट पक्राउ गरेपछि उनले विस्फोटमा आफु र आफ्नो पार्टी नेकपा माओवादी (बिप्लव) को संलग्ता रहेको बताएको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जनाएको छ । उक्त पत्रिकाले राईलाई बम विस्फोटको ‘मुख्य योजनाकार’ भनेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।