कृष्णउदास खनाल, वीरगन्ज ।
जंगली जनावरबाट मानव बस्तीमा हुने क्षति नियन्त्रणका लगि पर्सा राष्टिय निकुन्जले बिद्युतिय तार बार लगाउन शुरु गरेको छ ।
तराई भू–परिधि कार्यक्रम (ताल) अन्तर्गत निकुन्जले सो बिद्युतीय तार बार लगाउन लागिएको हो ।करिब ७० लाख रुपैयाँको लगानीमा सुमित एण्ड सप्लायर्स कम्पनी धरानले सो तार बारको निर्माण कार्य गरिरहेको छ । पर्सा राष्ट्रीय निकुन्ज अन्तर्गतका पञ्चमुखी, सुनाखरी, निर्मल र कुसुम वन उपभोक्ता समितिका मध्यवर्ती वनको सीमामा करिब १४ किलो मिटर बिद्युतीय तार बार लगाइने सुनाखरी वन उपभोक्ता समितिका अध्यक्ष देवी प्रसाद दहालले बताए ।
अहिले सम्म ७ किमि सम्म पोल जडान र ५ किमी बालको निर्माण कार्य सम्पन्न भइ बिद्युत प्रशारण समेत भइसकेका दहालले बताए । यस्तो बिद्युतिय तारबारमा सोलारबाट बिद्युत प्रवाह गरिन्छ ।बिद्युतीय तारबार निर्माणसंगै यस क्षेत्रका जिराभवानी र ठोरी गाउंपालिकाका किसानहरु निकै खुसी भएको शान्तिनगरका गृहिणी अन्जना श्रेष्ठले बताईन् ।
यता जिल्ला वन कार्यालय पर्सा अन्तर्गतका जंगलसंग सीमा जोडिएका मानवबस्तीका बासिन्दाहरु चिन्तित भएका छन् । काठमान्डौ टोल, हरैया, शंकरसरैया, सखुवनिया, भथौडा, सोनबर्षा लगायतका क्षेत्रमा विद्युतीय तारबार नहुंदा जंगली जनावरको चाप बढने संभावना अझै कायमै रहेको भन्दै स्थानीयहरु चिन्तित भएका हुन् ।
यस क्षेत्रका किसानहरु जंगली जनावरका कारण जन धनको क्षति व्यहोर्दै आएका छन् ।पर्साको उत्तरी भेगका स्थानीयहरु खासगरी जंगली जनावर हात्तीको आतंकबाट सबैभन्दा बढी प्रभावित भएका छन् । हात्तीको आक्रमणबाट जंगल छेऊका तीनजना स्थानीयहरुको ज्यान गइरहेको छ भने एक दर्जन घर हात्तीले भत्काइ दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।