बसन्त खतिवडा
बारा । बाराका गायक देवेन्द्र कार्कीको ‘झिम झिम झिमकाई परेली’ गीतको बिमोचन गरिएको छ । पर्यकीय नगरी अमलेखगंजमा एक कार्यक्रमका बिच गीतको बिमोचन गरिएको हो ।
उदयमान गायक विकास पाण्डेको शब्द संगितमा तयार भएको गीतको बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले गीतको बिमोचन गरेका हुँन् । बिमोचन कार्यक्रममा बोल्दै बरिष्ठ गायक समेत रहेका प्रमुख जिल्ला अधिकारी मानन्धरले मानव जिवनमा गीत संगितको भुमिका महत्वपूर्ण हुँने बताए ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय कुमार साह , पर्यटन अभियान्ता मोहन शर्मा लामिछाने , जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी , वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग , गीतकार तथा लयसंकलक संतोष देउजा , गीतकार तथा गायक विकास पाण्डे , खानेपानी तथा सरसफाई उपभोक्ता समिति अमलेखगंजका अध्यक्ष नारायण लामिछाने , संगितकर्मी दिपाञ्जल लामा , भिमफेदी गाईजका निर्देशक तथा मोडल निर्मल लामा लगायतको उपस्थिति रहेको थियो ।
गायक देवेन्द्र कार्कीका बुबा तिलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रदिप गौतमले गरेका थिए । कार्यक्रममा गायक देवेन्द्र कार्कीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्कीको सांगितिक यात्रा
युवा गायक देवेन्द्र कार्कीले ५७ साल देखि विद्यालयबाट गायन यात्रा शुरु गरेका थिए । उनले अहिले सम्म आधा दर्जन गीत गाईसकेका छन् । यस अघि उनले पत्रकार संतोष देउजाको शब्द र उदयमान गायक विकास पाण्डेको संगितमा भाग्य बालेको गीत गाएका थिए । बजारमा निकै रुचाईएको भाग्य बोलको गीतले उनको भबिष्य थप उज्जव बनायो ।
त्यस अघि उनले सिखर संतोषको संगित र राजेन्द्र थापाको शब्दमा बनेको तिमि नभए बोलको गीत पनि निकै चलेको थियो । कार्की गोल्डेन आईडल सिजन थ्रिका उप–बिजेता हुँन् । विभिन्न उतार चडाव व्यहादै सांगितिक यात्रामा लागेका कार्कीले परिवारको साथ र सह्योग पाएको बताए ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।