काठमाडौँ । अङ्ग्रेजी समसामयिक साहित्यिक पत्रिका ‘प्रतीक’ पुनः प्रकाशनमा आएको छ ।
साहित्यकार हरि अधिकारी संस्थापक सम्पादक रहेको चौमासिक सो पत्रिका विसं २०३६देखि २०६० सम्म प्रकाशनमा रहेकामा बन्द भई युयुत्सु आरडी शर्माको सम्पादकत्वमा हाल २०१८ वसन्त अङ्क बजारमा आएको छ ।
ह्वाइट लोटस बूक सप, कोपुण्डोल, ललितपुर प्रकाशक रहेको पछिल्लो अङ्कमा कोलम्बिया विश्वविद्यालयका प्रा डेभिड अस्टेलको इतिहास र कविता, नौ नेपाली आठ चिनियाँ र दुई अमेरिकी तथा एक भारतीय कविका कविता, अमेरिकी फोटोग्राफर जोनी काबनाका नेपालसम्बन्धी तस्वीरलगायत सामग्री छन् ।
बिपी कोइराला, भूपी शेरचन, गोपालप्रसाद रिमाल, दुर्गालाल श्रेष्ठ, सीता पाण्डेलगायतका विशेष सामग्री प्रकाशन गरिसकेको ‘प्रतीक’ले आगामी अङ्क युरोपेली, युक्रेनी, भारतीय र नेपाली साहित्यिक सामग्री पस्कने सम्पादक शर्माले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।