जीवन शर्मा, ओखलढुंगा ।
ओखलढुंगाको विकास र समृद्धिका लागि स्थानीय सरकारका प्रतिनिधिले साझा प्रतिवद्धता गरेका छन् । स्थानीय सरकार सञ्चालनमा अलमल भैरहेको अवस्थामा ओखलढुंगाका स्थानीय सरकारले एकै थलोमा बसेर साझा प्रतिवद्धता पत्रमा हस्ताक्षेर गरेका हुन् ।
जिल्ला समन्वय समितिको आयोजनामा बैशाख २१ र २२ गते जिल्लाका आठवटै स्थानीयतहमा प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा कार्यपालिका सबै सदस्यहरुको भेलाले १० बुदे घोषणपत्र जारी गरेको जिल्ला समन्वय समिति ओखलढुंगाले जनाएको छ । नेपालको संविधान २०७२ अनुसार संङघिय संरचना स्थापीत भै तीनै तहको सरकार सञ्चालनमा आइसकेको कुरालाइ आत्मासाथ गर्दै जिल्लाबासीको समृद्धि र विकासको चाहानालाई यथासक्य छिटो पुरा गर्ने उद्देश्यले समन्वय समितिले पहिलोपटक अन्तरस्थानीयतहका नजप्रतिनिधिहरु विच अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला समन्य समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए ।
दुइ दिन सम्म भएको अभिमुखीकरण पश्चात स्थानीय सरकारका जनप्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, याताया, विद्युत, सञ्चार, वन, बैंक र विविध विषय लाइ समेटेर १० बुदे प्रतिवद्धतापत्र तयार गरिएको हो । कार्यक्रममा सङ्घिय सांसद यज्ञराज सुनुवार, प्रादेशिक सांसद मोहन खड्का , अम्बीरबाबु गुरुङ समेतले स्थानीय सरकार संग अवसर संगै समस्या र चुनौतिपनि उत्तिकै रहेको बताएका छन् । जिल्लाका जनप्रतिनिधिहरु विच भएको यो पहिलो अभिमुखीकरण कार्याक्रम हो ।
अभिमुखीकरणमा बोल्दै स्थानीय तहका जनप्रतिनिधिहरुले निति तथा कानुन बन्न ठिलाइ हुँदा आफ्हरु अलमलमा परेको गुनासो गरे । उनिहरुले ५ बर्ष भित्रमा ओखलढुंगालाई उज्यालो र समृद्ध ओखलढुंगा निर्माणका लागि साझा एजेण्डा तयार गरी अधि बढीएको बताएका छन् ।
घोषण पत्र अनुसार आगामी ५ बर्ष भित्र सबै वडामा सुविधासम्पन्न स्थास्थ्यचौकी तथा स्वास्थ्य केन्द्र स्थापना गर्ने, विद्युतिकरणको व्यवस्था गर्ने, पर्यटकीय क्षेत्रहरुको पहिचान, संरक्षण र प्रबद्र्धन गर्ने, स्थानीयतह जोड्ने मोटरबाटोको स्तरोन्नती तथा कालोपत्रे गर्ने, प्राविधिक शिक्षालयहरु स्थापना गर्ने, व्यवसायिक कृर्षिको माध्यामबाट वेरोजगार जनशक्तिलाइ स्वरोजगारउन्मुख गर्ने लगाएतका प्रतिवद्धताहरु तय गरिएको छ ।
ओखलढुंगामा एक नगरपालिका सहित आठ वटा स्थानीय तह र ७५ वटा वडा कायम रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।