काठमाडौँ । सङ्गठनको मर्यादाविपरीत सामाजिक सञ्जाल फेसबुकमा बर्दी सहितको फोटो पोस्ट गरी जथाभावी लेखेको आरोपमा एक प्रहरीले जागिर गुमाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्द फेसबुकमा जथाभावी लेखेको अभियोगमा जागिरबाट हटाइएका हुन् ।
संगठनको गरिमामा आँच आउने र विभिन्न गैरजिम्मेवारपूर्ण लेखहरू फेसबुकमा पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई जागिरबाट निकालेको हो ।
कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले वैशाख २१ गते प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी चन्दलाई जागिरबाट हटाइएको जानकारी गराएका छन् ।
चन्दले भने फाँटमा बस्न पाउन पर्ने माग गर्दै प्रहरी महानिरीक्षक (आईजी)ई निवेदन गरेको बताएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।