तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
गाउँपालिकाका सातैवटा वडामा रहेका विपन्न परिवारका विद्यार्थीलाई देउराली सोसाइटी, तेह्रथुमले मंगलबार स्टेशनरी, पोशाक र झोला वितरण गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र अभिभावकलाई बालबालिकाको पढाइप्रति दायित्वबोध गराउन ६० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको देउराली सोसाइटी तेह्रथुमका सामाजिक परिचालक सुभाष कन्दङवाले बताउनुभयो ।
एक्सन एड नेपालको आर्थिक सहयोगमा आठराईभरिका सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न बालबालिका प्रत्येकलाई रु एक हजार बराबरको विद्यालय प्रोत्साहन सामग्री वितरण गरिएको सामाजिक परिचालक कन्दङवाले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।