काठमाडौं । काठमाडौं उपत्यका सार्वजनीक पुस्तकालयले स्थापनाकको १५ वर्ष पुरा गरेको छ । मंगलबार राजधानीमा औपचारिक कार्यक्रम गरि पुस्तकालयले स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको कार्यक्रमलाई सम्वोधन गदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तकालयले सक्षम व्यतिm निर्माण गर्नको लागि ठूलो योग्दान पु¥याउने बताउनु हुँदै काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने आश्वासन समेत दिनु भएको छ ।
पुस्तकालयको विकास गर्नको लागि मेरो र पाटीको तर्फबाट पूर्ण रुपमा साथ सहयोग रहने र भोलीनै सरकार सँग कुरा गरि हाल भैरहेको ठाउँमानै (भृकूटीमन्डप) भवन निर्माणको लागि जग्गा उपल्वध गराउनको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सभालाई सम्वोधन गदै पुस्तकालयका अध्यक्षय डा.नारायण खड्काले विगतमा पटक पटक सरकारलाई पुस्तकालय भवन निर्माणको जग्गाको लागि पहल गरेको भएपनि १५ वर्ष विती सक्दा पनि जग्गा प्राप्त नभएको गुनासो गदै खड्काले वर्तमान सरकारलाई जग्गाको व्यावस्था गरि दिनको लागि आग्रह गर्नु भयो ।
पुस्ताकालयमा १ लाख भन्दा बढि पुस्तक ठाउँ अभावका कारण अव्यवस्थीत वनेको र सानो ठाउँमा पाठकलाई पठन पाठनको लागि सहज वाताबरण दिन नसेको पुस्तकालयका अधिकृत गोविन्दराज दाहालले बताउनु भयो । पुस्तकालयमा २ दैनीक सय भन्दा वढि पाठन अध्ययनको लागि आउने गरेका छन् ।
कार्यक्रममा पुस्तकालयका संस्थापक सदस्य तथा गर्भनर हिमालय शम्शेर जवरालाई सम्मान गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।