काठमाडौं । मानव सेवाका लागि जीवन नै अपर्ण गर्ने हेनरी ड्युनाको १९० औं जन्म दिवस तथा रेडक्रसको स्थापना दिवस विश्वभरी “रेडक्रस सबै ठाउँमा, सबैका लागि” भन्ने मुल नाराका साथ मंगलबार विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस मनाईयो ।
मे ८ नेपालमा पनि “रेडक्रस सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ देशभरि विविध गतिविधिको आयोजना गरी मनाईंयो । विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड ४० लाख स्वयंसेवकहरुले पु¥याइ आएकोे विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रुपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाउँदछ ।
“नेपालका धेरै साना, अत्यन्त दुर्गम गाउँदेखि ठूला शहरका समुदायहरुमै रहेर हाम्रा स्वयंसेवकहरुले सेवा पु¥याउँछन्,” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो “हाम्रा सेवाहरु स्थानीय आवश्यकतामा आधारित छन् र स्थानीय परिवेश सुहाउँदो सेवा प्रदान गरिन्छ ।”
“आफ्नो समय र विशेषज्ञताका साथ देशभरि सेवा पु¥याउने हाम्रा स्वयंसेकहरुलाई एकै स्वरमा धन्यवाद दिन अन्तर्राष्ट्रिय रेडक्रस अभियानका निकायहरु एकै ठाउँमा छौं” नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करीव २४ लाख जनता समक्ष पुग्छ । हाम्रा यस्ता ९० भन्दा बढी प्रकारका विकास तथा सेवामूलक गतिविधिहरुले जनतालाई विपद् पूर्वतयारी, विपत्तिको सामना र पुर्नलाभ प्राप्त गर्न सहयोग पुगेको छ ।
रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पु¥याइरहेको छ ।
१ सय ९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन् । स्थानीय स्तरका गतिविधिहरु सञ्चालनका लागि आईसीआरसी र आईएफआरसीका साथै विश्वभरिरहेका साझेदार भगिनी राष्ट्रिय सोसाइटीहरु र स्थानीय साझेदारहरुको सहयोग रहन्छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापाले भन्नुभयो–“तपाईंहरु प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, सशस्त्र संघर्ष र हिंसाका साथ जहाँ, जसरी बसिरहनुभएको भए पनि सहयोगका लागि हामी तपाईंका साथ छौं ।” मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस अभियानका संस्थापक हेनरी ड्युनाको जन्म दिन पारेर मनाइन्छ ।
जेनेभामा जन्मनुभएका रेडक्रस अभियानका प्रवर्तक जँ हेनरी ड्यूनाको १९० औंं जन्मजयन्ती आज मनाइदै गर्दा विश्वका १ सय ९० वटै देशमा रेडक्रसका निकायहरु रहेको सुखद सँयोग पनि परेको छ ।
जतिबेला हेनरीले रेडक्रसको परिकल्पना गर्नुभयो त्यतिबेला युरोपमा भएको युद्धमा कतिपय सिपाईहरु घाइते भएर रगतमा पोतिएर छटपटिएका थिए भने मृतकको अवस्था पनि उत्तिकै दर्दनाक अवस्था थियो । यहि दृश्यबाट प्रभावित भएर हेनरीले रेडक्रस संचालन अभियान थाल्नुभएको कथन छ ।
त्यतिबेला उहाँले अवलम्बन गर्नुभएको नीति मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको इतिहासमा उल्लेख गरिएकोछ । हेनरीको यहि नीतिका कारण विश्वका कति युद्धमा रेडक्र र रेडक्रसक्रर्मीहरु अग्रपंकीमा रहेर घाइतेको उद्धारमा उत्रिएका हुन्छन् ।
रेडक्रस अभियानले हालसम्म नेपाल सरकार, सर्वसाधारण र विभिन्न सरोकारवाला सँघसँस्थाबाट प्राप्त सहयोगको लागि नेपाल रेडक्रस हार्दिक आभार व्यक्त गर्दछ र भविष्यमा पनि मानवीय सेवा विस्तारको लागि अघि बढ्नेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।