एजेन्सी । हलिउड चलचित्र ‘डेडपुल २’को हिन्दी भर्जनमा बलिउड अभिनेता रणवीर सिंहले आफ्नो आवाज दिएका छन् । चलचित्र ‘डेडपुल २’को हिन्दी ट्रेलर पनि सार्वजनिक भइसकेको छ जसमा हिन्दी भर्जनको लागि रणवीरले आफ्नो आवाज रेकर्ड गराएका हुन् ।
चलचित्रको मुख्य पात्र रयान रेनाल्ड्सको आवाजमा हिन्दी भाषामा रणवीरले आवाज दिएकोमा उक्त ट्रेलरमा रणवीरको आवाज रयानलाई निकै सुहाएको ठानिएको छ ।मार्वल स्टुडियोबाट निर्मित डेडपुलको पहिलो भाग निकै सफल भएको थियो र पूनः दोस्रो भाग स्वरूप डेडपुल २ यही मे १८ बाट रिलिज हुदैँछ ।
[youtube https://www.youtube.com/watch?v=VUH_DIgULc0]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।