नयाँ दिल्ली । ऐश्वर्य राय बलिउडकी यस्ती अभिनेत्री हुन् जो वर्षौं देखि लगातार कान्स फिल्म फेस्टिवलको हिस्सा बन्दै आएकी छन् । यो वर्ष अभिनेत्री ऐश्वर्य १७ औं पटक कान्स फेस्टिवलको रेड कार्पेटमा आउँदैछन् । यो उनको लागि अन्य कुनैपनि उपलब्धी भन्दा कम छैन ।
एश्वर्य राय पहिलो बलिउड अभिनेत्री हुन्, जसले फ्रान्सको भुमिमा पहिलो पटक बलिउडबाट प्रतिनिधित्व गरिन् । पहिलो पटक ऐश्वर्य राय कान्समा नीता लुलाको साडीमा अभिनेता शाहरुख खान र संजय लीला भंसलीको साथमा २००२ मा कान्स फिल्म फेस्टिवलमा देखिएकी थिईन् ।
यसका साथै धेरै पटक ऐश्वर्य राय कान्समा आफ्नो अपियरेन्सबाट सबैलाई इम्प्रेस गर्न सफल पनि बनिन्, भने धेरै पटक आलोचनाको शिकार पनि बनिन् । पछिल्लो वर्ष ऐश्वर्य जियोर्जियो अरमानीको कपडामा देखिएकी थिईन् भने सबैलाई उनको सुन्दरताले लोभ्याएको थियो ।
पहिलो अपियरेन्सदेखि अहिलेसम्म आईपुग्दा ऐश्वर्यमा धेरै बदलाव आईसकेको छ । सन् २००२ मा पहिलो पटक ऐश्वर्य देवदासको स्क्रीनिङको लागि कान्समा गएकी थिईन् । उनले त्यतिखेर साडी लगाएकी थिईन् भने उनको चर्को आलोचना पनि भएको थियो । तर पनि उनलाई धेरै पनि कान्सको लागि चुनिन सफल बन्दै आएकी छन् ।
अब यो वर्षको १२ र १३ मे मा पनि ऐश्वर्य राय कान्सको रेड कार्पेटमा देखिदैछन् । उनको फ्यानहरुको लागि यो निकै ऐश्वर्यको लुक्सको धेरै पर्खाइको विषय बनेको छ । एजेन्सी
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।