समाचारदाता ,
३१ असार, दाङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा २ सय ४० निर्वाचन क्षेत्रलाई कायम गरेर चुनावमा जाने सम्भावना नभएको बताएका छन् ।
दाङको घोराहीमा शनिवार प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री महराले भने ‘यो बिषय चर्चामा आएको तर आधिकारीक नभएको दावि गरे उनले २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने भन्ने बिषयमा कांग्रेस माओवादी बिच कुनै सहमती नभएको समेत बताएका छन् । । ‘कांग्रेस र माओवादी विच २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने भन्ने बिषयमा कुनै औपचारिक सहमती नभएकामहराले दावि गरे। संविधानले दिएको अधिकारमा रहेर कार्यगरिनु पर्ने भन्दै उनले २ सय ४० निर्वाचन क्षेत्र कायम गर्ने कुरा संविधानको मर्मबिपरीत हुने वताएका हुन । यसअघि कांग्रेस सभापति एबं प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले अहिलेकै निर्वाचन क्षेत्रलाई कायम राख्दै निर्वाचनमा जानका लागि राजपाजपा र प्रतिपक्षी एमालेसंग पहल गरिरहेको भन्ने समाचार सार्वजनिक भएको थियो ।
यस्तै मन्त्री महराले संबिधान संशोधनको प्रस्ताव टुंगिएपछि मात्रै मन्त्र िपरिषद बिस्तार हुने बताएका छन् । त्यसोत, प्रधानमन्त्री देउवाले भने संविधान शंशोधन प्रस्ताव टुंगिन समय लाग्ने भएकाले मन्त्री परिषद बिस्तारलाई चाँडै टुंग्याई हाल्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । ‘पहिले संविधान शंशोधनको मुद्धा टुंग्याईने छ,सरकारको अहिलेको मुख्य प्राथमिकताको बिषय भएको र ‘त्यसपछि मात्रै मन्त्री परिषद विस्तार गरिनेपनि महराले जानकारी गराए । उनले मधेशबादी दल (राजपा) र प्रतिपक्षी एमालेसंग हाल संशोधनको बिषयमा गहन छलफल भैरहेको र यसलाई पारित गराउने प्रयासमा सरकार रहेको पनि वताए । ‘शंशोधन प्रस्तावलाई पारित गराउने प्रयासमा सरकार रहेको र ‘अहिले सम्मका छलफलहरु सकारात्मक बन्दै गएको बताए ।