एजेन्सी । एक नीजि अस्पतालमा भेट्रान फिल्म अभिनेत्री तथा थिएर कलाकार ललिता चटर्जीको निधन भएको छ । अभिनेत्री चटर्जीको बुधबार सेरेब्रल अट्याकका कारण निधन भएको हो ।
८१ वर्षिय ललितालाई विहिबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भ्यान्टिलेटरमा राखिएको थियो । उनले सन् १९६४ सालबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिईन् । यो फिल्ममा उनको साथमा बंगाली फिल्मका कलाकार उक्तम कुमार थिए ।
ललिताले १० वर्ष बलिउडमा काम गरे
ललिता भटर्जीकी अन्य फिल्महरु ‘एन्थोनी फिरंगी’, ‘जय जयन्ती’ लगाएत रहेका छन् । उनले आफ्नो १० वर्ष बलिउडमा बिताएकी थिईन् । ललिताको ‘भिक्टोरीया नम्बर २०३’, ‘रात अँधेरी थी’, ‘आप की कसम’, ‘चोरी चोरी’, र ‘तलास’ फिल्ममा अभिनय रहेको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अभिनेत्री ललिताको चार दशक लामो फिल्मी करियरलाई सम्झदै उनको निधनले फिल्मी दुनयालाई अपुरणिय क्षती पुगेको बताउँलै सम्वेदना प्रकट गरेकी छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।