काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आज बिहान जनकपुर आइपुगेका छन् । तर यो भने मोदी नेपाल नआउँदै ओलीले मोदीलाई स्वागत गर्न आतुर रहेको र मोदी पनि नेपाल आउन आतुर रहेको बताएका छन् ।
उनीहरुको दोहोरी संवादः
मोदीको पहिलो ट्विट
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा म वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्दै छु । यो भ्रमणले भारतको नेपालसँग मित्रवत सम्बन्धलाई दिँदै आएको उच्चतम प्राथमिकता प्रतिविम्बित गर्दछ । द्विपक्षीय साझेदारी थप मजबुत बनाउने दिशामा प्रधानमन्त्री ओलीसँग म विस्तृत छलफल गर्नेछु ।
ओली
नेपाल भ्रमणमा आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको स्वागतमा म प्रतीक्षारत छु । यस भ्रमणबाट दुई देश बीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वाास सहित उहाँको ‘सवका साथ–सवका विकास’को भिजन नेपालको विकास यात्रामा सहयोगी हुनेअपेक्षा गरेको छु ।
मोदी
भ्रमणमा म काठमाण्डुबाहेक जनकपुर र मुक्तिनाथ जानेछु । यी तीर्थयात्रा र पर्यटनका दुई गतिशील केन्द्र हुन् । दुई देशलाई बलियो सांस्कृतिक सम्बन्धमा बाँध्ने प्रतीक पनि हुन् ।
ओली
म भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल स्वागत गर्न आतुर छु ।
मोदी
लोकतन्त्रको लाभलाई थप बलियो बनाउँदै र आर्थिक वृद्धिदर हासिल गर्दै नेपाल नयाँ युगमा प्रवेश गरिरहेका वेला नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को दृष्टिकोण कार्यान्वयन गर्ने दृढ साझेदारका रूपमा भारत रहनेछ ।
ओली
मलाई विश्वास छ उहाँको भ्रमणले हाम्रो दुई देशबीचको पारस्परिक सद्भाव र सहयोगलाई थप गहिराइमा पुर्याउनेछ । हाम्रो विकास यात्रा उनको दुर दृष्टिले लाभ हुनेछ, ‘सबका साथ सबका विकास’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।