एजेन्सी । ऐश्वर्य रायले यो वर्ष कान्सको रेड कार्पेटमा १७ औं पटक वाक गर्दै छिन् । उनी मे १० तारिखका दिन कान्स फिल्म फेस्टिभल एटन्ड गर्न मुम्बईबाट सवार गरेकी छन् । यसै दौरानमा ऐश्वर्यको साथमा छोरी आराध्य पनि थिईन् । यी दुवैलाई एयरपोर्टमा भेटिएका थिए भने दुवै कालो पहिरनमा निकै सुन्दर देखिएका थिए ।
आराध्या बच्चन क्युटी ब्ल्याक बेलुन ड्रेसमा सजिएकी थिईन् । जहाँ रेड एण्ड ह्वाइट बेलुन बनाईएको छ । के तपाईलाई थाहा छ ऐश्वर्यकी छोरी आराध्याले लगाएकी त्यस पहिरनको मुल्य कती हो ?
आराध्या लिटिल ट्यागको ड्रेसमा देखिएकी थिईन् भने त्यस पहिरनको मुल्य ७,२८० भारु रहेको छ । ऐयरपोर्टमा आराध्य आफ्नी आमा ऐश्वर्यको साथमा पोज दिईरहेकी नजरमा देखिईन् । त्यसोत यो भन्दा पहिल्यै पनि आराध्या आफ्नो आमा ऐश्वर्यको साथमा कान्समा गईसकेकी छन् ।
एश्वर्य राय भने यो भन्दा अगावै १६ पटक कान्स पुगिसकेकी छन् । ऐश्वर्यको गत वर्षको कान्स लुक निकै चर्चामा रह्यो । यो वर्ष पनि उनको फ्यानहरुको लागि कान्स लुक निकै पखाईको विषय बनेको छ ।\
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।