काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर र भारतको सम्बन्ध पौराणिक कालदेखिकै भएको बताएका छन् ।
जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले जानकीको जन्मभूमि पवित्र जनकपुरमा भारतका प्रधानमन्त्रीको आगमनले आफू खुसी भएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने मोदीको भ्रमणबाट जनकपुर धेरै खुसी भन्दै राम र सीताको विवाह भएको सम्झना स्वरुप अयोध्याबाट रामको बरियात ल्याउने र जनपुरबाट सीता अन्माएर पठाउने प्रचलन अहिले पनि जारी रहेको कुरा ओलीले स्मरण गरे ।
नेपाल र भारत बीच साँस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध युगौं पहिलादेखि नै रहेको उनले बताए । जनकपुर भन्ने वित्तिकै शिवको धनुष र रामको विवाह सम्झना हुने, भन्दै उनले ज्ञानको कमी रहेको बेलामा पनि परशुराम, यज्ञवल्क्य जस्ता विद्वाहरुको रहेको र ज्ञानका बारेमा बहस हुने गरेको पौराणिक प्रसंग जोड्दै जनकपुर ज्ञानभूमि भएको स्पष्ट पारे ।
धनुषाधाम, जनकपुर जानकी मन्दिर र बाल्मिकी आश्रम मिलाएर रामायण सर्किटको निर्माण गर्ने भन्दै ओलीले दुई देशबीच यसअघि भएका सम्झौतामा विलम्ब भएको र अबको युग २१ औं शताब्दी भएकाले अब त्यसो नहुने दाबी गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।