जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको दुई वटा मालाले अभिनन्दन गरिएको छ । प्रदेश २ सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला मोदीलाई लगाइदिएका थिए ।
त्यस गलत्तै वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिले पनि १२१ किलोको मालाले अभिनन्दन गरेका थिए । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रममा दुबै माला लगाइएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।