काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे ओलीले संसद्लाई जानकारी गराइरहेका छन् । प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणबारे आफूले पूर्वप्रधानमन्त्री, परराष्ट्रविद्हरूसँग छलफल गरेको र सबैको सुझावका आधारमा भारतसँगको विगतका सहमति सम्झौता कार्यान्वयनमा लागिपर्ने प्रतिबद्धता जनाए । उनले भारतीय प्रधानमन्त्री मोदीसँग आफूले रामायण सर्किट सुरु गरेको र जनकपुर–अयोध्या बस सेवा सुरु भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मोदीको जनकपुरमा भएको नागरिक अभिनन्दनमा कूटनीति कमजोर भएको स्वीकार गरे । सो नागरिक अभिनन्दनमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधानले मधेसलाई हेपेको भन्दै भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । जसलाई लिएर उनको व्यापक आलोचना भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।