२ साउन सरावल । पाल्हिन्दन गाउपालिकामा महिला सदस्य गाउ कार्यपालिका पद र दलित अल्प संख्यक पदको निर्वाचन आज सम्पन्न भएको छ । सङ्गघिय समाजवादि फोरमकी राजकुमारी कुहार ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । भने माओवादिका अनिता सहानि २१मत माओवादिकै अनामिका हरिजन १८ मत प्राप्त गर्नु भएको छ , संघिय समाजवादी फोरमकी ईन्द्रावती हरीजनले १६ मत प्राप्त गरि विजयि हुनु भएको छ । त्यस्तै दलित अल्प संख्यक तर्फ २ सदस्यका लागि भएको निर्वाचनमा संघिय समाजवादी फोरमका कमलेस माली ३२ मत पाप्तगरी विजयी हुनु भएको छ । त्यस्तै माआवादी केन्द्र बाट भाजयी हरीजन १९ मतले विजयी भएका हुन । निर्वाचन सकिए संगै अव गाउ कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचन प्रक्रिया बिहान १० बजे देखि १२ बजे सम्म पाल्हिनन्दन गाउपालिकाको साविकको पाल्हिनन्दन गाविस भवनमा सम्मपन्न भएको हो । यस्तै सरावल गाउपालिकामा महिला सदस्य गाउ कार्यपालिका पद र दलित अल्प संख्यक पदको निर्वाचन आज सम्पन्न भएको छ विजयी हुने महिलाहरुमा नेपाली कंग्रेस बाट चन्दा देवि चौधरी ३७ मत ल्याई विजयि हुनु भएको छ । त्यस्तै कांग्रेस बाट नै जन्त्रि केओटिन ३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाल लोकतान्त्रिक फोरम बाट खिमा देवि चौधरी २१ मत फोरम बाटै विन्दा देवि धोवी ले २१ मत प्राप्त गर्नु भएको छ , । त्यस्तै दलित अल्प संख्यक तर्फ २ सदस्यका लागि भएको निर्वाचनमा लोकतान्त्रिक फोरमका जोखि कवार १९ मत प्राप्तगरी विजयी हुनु भएको छ । त्यस्तै फोरम बाटै सुनिता हरीजन २२ मतले विजयी भएका हुन । निर्वाचन सकिए संगै अव गाउ कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचन प्रक्रिया बिहान १० बजे देखि १२ बजे सम्म सरावल गाउपालिकाकोसाविकको सरावल गाविस भवनमा सम्मपन्न भएको हो ।
श्रोत :रेडियो दौतरी