काठमाडौँ । १५ वर्षको अँध्यारोपछि नेपाल लोडसेडिङमुक्त देश बनेको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो ।
त्यतिबेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो । प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । हिजोदेखि भने नेपाल लोडसेडिङ मुक्त भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने क्षणिक प्राविधिक कठिनाइबाहेक प्रसारण लाइन पुगेका कुनै पनि ठाउँमा लोडसेडिङ नहुने बताए । घिसिङ हिजो रातिसम्म पनि भार सम्प्रेण केन्द्रमा काम गरिरहेका थिए ।
प्राधिकरणले आफ्ना विद्युत् आयोजनाको सुधारलाई प्राथमिकता दिएर र अन्य प्राविधिक गडबढीलाई सुधार गरेर लामो प्रयासपछि देशलाई लोडसेडिङमुक्त बनाइएको उनले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।