धनवीर दाहाल, रुकुम । आफ्नो ४ बर्षे अवधि पुरा गरेर नेपाली सेनाको देवी दल गण रुकुमबाट शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरमा जाँदैछ । रुकुम रहँदा जनतासँग देवीदल कार्यक्रम संचालन गरेर जनताको मन जित्न सफल रहेको देवीदल गणले रुकुमबाट जाँदै गर्दा एक अस्पताल निर्माण गरी स्थानियलाई कहिलै नबिर्सने चिनो छोडेको छ ।
तत्कालिन बिद्रोही माओबादी र राज्य पक्ष बिच २ पटक भिडन्त भएको चर्चित क्षेत्र खारामा नेपाली सेनाको देवीदल गणले ५ सैयाको अस्पताल भवन निर्माण गरेको हो । त्रिबेणी गाँउपालिका वडा नं ३ खारानेटामा ११ लाख नगद र अरु भौतिक सहयोगबाट करिव २० लाखको लागदमा ४ कोठे अस्पताल भवन, शौचालय र स्नान कक्ष निर्माण गरिदिएको हो ।
जनतासँगको सम्बन्धलाई समुधुर बनाउनका लागी सेनाले अस्पताल तयार गरेको देवीदल गणका गणपति प्रमुख सेनानी पंकज रावलले बताउनुभयो । “जनतासँगको सम्बन्ध सुमधुर बनाउनका लागी अस्पताल निर्माण गरेका हौं” प्रमुख सेनाी रावलले भन्नुभयो “जनतालाई सहज होस भन्ने हाम्रो उद्देश्य हो” ।
सेनाले बनाएको सो अस्पताल एक कार्यक्रमका बिच त्रिबेणी गाँउपालिकालाई हस्तानतरण गरिएको छ । पृतनापति उपरथी कर्मेन्द्रबिक्रम लिम्बुले अस्पतालकै निसानी गाँउपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीलाई हस्तानतरण गर्नुभएको हो ।
खारानेटामा अस्पताल बनाइदिएर आफुहरुलाई उपचारको लागी टाढा धाउनुपर्ने अवस्था अन्त्य गरिदिएको स्थानीयले बताएका छन् । स्थानीय बिरभान ओलीले गाँउलेलाई सेनाले ठुलो गुण लगाएको बताउनुभयो ।
तत्कालिन अवस्थामा माओबादीको जनसरकार सदस्य रहेका ओलीले बिगतको तितोपन भुल्नुपर्नेमा जोड दिनुभयो । “सेनाले हामीलाई ठुलो गुण लगाएको छ गाँउमा नभई नहुने अस्पताल हामीले पाएका छौं ” ओलीले भन्नुभयो । नजिकै रहेको स्थानीय चन्द्रसुर्य आधारभुत बिद्यालयका बिद्यार्थीले पनि बेलैमा उपचार पाउने आसा व्यक्त गरेका छन् ।
त्रिबेणी गाँउपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीले अव अस्पतालका लागी आबश्यक सामाग्री खरिद गरी चाँडै सोही भवनबाट सेवा सुचारु गर्ने जानकारी दिनुभयो । गाँउपालिकामा बन्नुपर्ने १५ शैयाको अस्पताल यसैबाट सुरु गर्ने उहाँको भनाई छ । नेपाली सेनाको देवी दल गण महेन्द्र नगर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कञ्चनपुर जाँदैछ भने रुकुममा सुर्खेतकोे नरसिंह दल गण आउने भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।