रौतहट। नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा केन्द्रिय समितिले देवराज कार्की लाई जिम्मेबारी दिएको छ । केन्द्रिय समितिका उपाध्यक्ष नबिन राई र महामन्त्री कुन्दराज काफ्ले द्धारा हस्ताक्षरित पत्रमा नेपाल विद्यार्थी संघ रौतहटको जिम्मेबारी कार्की लाई दिइएको उल्लेख छ । हस्ताक्षरित पत्रमा संघको विधान ०२७ को छैठो संसोधन ०७३ बमोजिम जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी जिम्मा दिएको छ ।
सङ्गठनको मुल्य‚ मान्यता‚ आर्दश लाई ध्यानमा राखी कार्की लाई सङ्गठनको बिस्तारमा लाग्न पत्रमा भनिएको छ। बिधान अनुरुप आफुलाई केन्द्रिय समितिले अध्यक्षको जिम्मेबारी दिएकाले आफू सघको नीति‚ नीयम अनुरूप संघलाई क्रियाशील बनाउने कार्कीले बताएका छन । जिल्लाको शैक्षिक विकृतको अन्त्य गर्ने प्रतिबद्धता उनले गरेका छन । अबको केही दिनमै जिल्ला कार्यसमितिलाई पूर्णता दिने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।