काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिएका छन् । बुधबार केपी शर्मा ओली र प्रचण्डले ४३ जना रहने गरी टुंग्याएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो ।
जसमा एमालेबाट २६ र माओवादीबाट १९ जना रहने माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले जानकारी दिइन् । अब एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुने भएको छ ।
अब एमालेको हालको स्थायी कमिटीका सबै नेताहरु एकीकृत पार्टीको पनि स्थायी कमिटीमा नै रहने भएका छन् । नेकपा माओवादीबाट भने एकीकृत पार्टीमा रहने नेताहरुको नाम टुंग्याइएको छैन ।
नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।