काठमाडौं । विश्वकै कान्छा निर्देशक सौगात विष्टको फिल्म ‘हैरान’ लाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ ।
‘हैरान’ यूनिट आज राजधानीका विभिन्न हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए । कुमारी हलमा दिवा शो हेरेर साँझ निस्किएका दर्शकले फिल्मका कलाकार सागर लम्साल ‘बले’ लाई आफ्नै आखा अगाडि पाउँदा खुसीले चिच्याए । खासगरि फिल्मको समग्र पक्ष दर्शकले मन पराए पनि कलाकारको प्रस्तुतिमा भने भिलेनको पाटो निकै सशक्त रहेको फिल्म हेरिसकेपछि दर्शकहरुले बताएका छन् ।
साउथ इन्डियन फिल्मका भिलेन वासिम राज्जाले यो फिल्ममा भिलेनको भुमिका गरेका छन् । भिलेनसँगसमेत दर्शक झुम्मिएका थिए । सागर र वासिमको अभिनय तारिफ योग्य रहेको भन्दै दर्शकले यिनीहरुको कामलाई उच्च प्रशंसा गरेका थिए ।
कलाकार सागरको आमा, सानी आमा र भाई फिल्म हेर्न हल आएका थिए । छोराको काम मनपरेको भन्दै आमाले ‘हैरान’ हेर्दा भावुक हुन पुगेको बताइन् । कान्छो छोरालाई समेत फिल्मको हिरो बनाउने चाहा रहेको आमाको भनाइ थियो ।
फिल्ममा सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्याराज आचार्य, शिशिर भण्डारी निश्मा घिमिरे, एन्जल राई लगाएतको अभिनय रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=wGrQ4B-TAzk&w=854&h=480]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।