गजल
फाइदाका लागि शिला बेचिन्छ मेराे देशमा ।
सिङ्गो कर्णाली र तिला बेचिन्छ मेराे देशमा ।१।
गरिबीले यतिसम्म जगल्ट्यायाे कि दुर्गममा ।
मलामिले फालेका टिला बेचिन्छ मेराे देशमा ।२।
याे देशमा यतिकाे खनिज र कच्चापदार्थ छ ।
बहुमुल्य जडिबुटी ढिला बेचिन्छ मेराे देशमा ।३।
जमिनकाे गर्भ मुनि रहेकाे छ खनिज र धातु ।
बिदेशबाट ल्याएर किला बेचिन्छ मेराे देशमा ।४।
शरीर अनि कामबासना जाेगाउदै जानु पर्नेमा ।
अाफ्नै चेलिबेटीका फिला बेचिन्छ मेराे देशमा ।५।
मनुष्यले जुन दिन धर्मलाई मागि खाने बनाए ।
देवताकाे कृर्ति अनि लिला बेचिन्छ मेराे देशमा ।६।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत