देवी भण्डारी,
६ साउन, दाङ । शहरी बिकास डिभिजन कार्यालयको जनता आवास कार्यक्रम अन्र्तगत यसवर्ष दाङमा १हजार४० घर निर्माणका लागी सरकारले बजेट बिनियोजन गरेकेो छ । सरकारले आवास निमार्णका लागी दाङमा २४ करोड ३० लाख ४८ हजाररुपैया रकम विनीयोजन गरेको हो
सरकारले क्रमागत बजेट विनियोजन अन्तर्गत वितरण गरेको आवास निर्माण कार्यक्रममा पहिलो चरण र दोश्रो चरण गरी बजेट विनियोजन गर्दै आयको शहरी विकास डिभीजन कार्यालय दाङले जनाएको छ । यसअन्तरगत पहिलो चरणमा २सय ११ घरहरु निर्माण कार्य पुरा भैसकेको र बाकी घरहरुको सम्झौता अनुसार नै काम अघि बढिरहेको जनता आवास कार्यक्रमका ईन्जिनियर बिजय रेग्मीले जानकारी दिनुभएको छ।
प्रतिघर २लाख ३३हजार ७सयका दरले सरकारले विपन्न,गन्धर्व तथा बादि समुदायका परिवारलाई २कोठे आवास र चर्पि निर्माणका लागी बजेट दिने गरेको ईन्जिनियर रेग्मीले जानकारी दिनु भएको छ । दाङ लगायत सल्यान जिल्लामा पनि यस्ले कार्यक्रम गर्दै आएको कार्यालयले जनाएको छ ।सल्यानमा १ सय ३० घर परिवारको निवेदन परेको थियो । तेस मध्य १ सय २६ वटा घरको काम भई रहेको र वाकीको पनि चाडै हुने ईन्जिनियर रेग्मीले बताए । विपन्न दलित पिछडियका समुदायको उत्थानका लागी भनेर सरकारले यसरी बर्षेनी लगानी गरेतापनि यसमा काम गर्दा केही चुनौति रहेको ईन्जिनियर रेग्मीको भनाइ छ । कार्यलयले अहिले आवास निमार्णन पछिको अन्तिम कीस्ता दिने वेला पुर्ण घरको तस्विर माग्ने हुदा कतिपयले आफ्नो घर निर्माण नसकिदै छिमेकीको घरको तस्विर लिएर आउने हुदा काममा असहज भएको रेग्मीको भनाई थियो । सरकारले पिछडियका,अल्पसंख्यक,दलित,विपन्नवर्ग,बालबालिकाहरु,महिललसमुदायहको उत्थानकालागी भनेर लगानी गर्दै आईरहेको छ ।