दाङ । लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ ।
स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले रु ५० लाखको लगानीमा सो उद्योग स्थापना गरेका हुन् ।
बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक भुसालले बताउनुभयो । स्थानीयवासीको मागलाई ध्यानमा राखि उद्योग सञ्चालन गरेको उहाँको भनाइ छ ।
सो उद्योगको आज एक कार्यक्रमकाबीच लमही नगरपालिका–३ का वडाध्यक्ष बाबुराम चौधरीले उद्घाटन गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।