काठमाडाैँ। अाउँदाे भदौ १ गते एकै दिन दुर्इ चलचित्र रिलिज हुने भएकाे छ । नायिका आँचल शर्मा र वर्षा सिवाकोटी अभिनीत दुर्इ छुट्टाछुट्टै चलचित्र एकैदिन भिड्ने भएका छन् ।
नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘ब्ल्याक’ ले यही जेठ ११ गते प्रदर्शन मिति तय गरेको भएतापनि विभिन्न कारण देखाउदै प्रचार प्रसारमा प्रभाव परेको भन्दै आफ्नो प्रदर्शन मिति पर सारेको छ । निर्माण युनिटले चलचित्र भदौ १ मा रिलिज गर्ने घोषणा गरेको छ । केही समयअघि यस चलचित्रकाे एक गीत सार्वजनिक भर्इसकेकाे छ ।
सोही मितिमा अर्को चलचित्र ‘जय शम्भो’ पनि प्रदर्शनमा आउने पक्का भएको छ। केही दिन अघि निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । यस चलचित्रमा अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ ।
यसअनुसार एकै दिन दुर्इ नायिकाकाे भिडन्त हुने पक्का देखिएकाे छ । कुन चै नायिकाकाे चलचित्रले बाजि मार्छ त्याे त थाहा भर्इनै हाल्नेछ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।